काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सवा २ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तको कुल २ लाख २८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

जाल्पा सामुदायिक लघुवित्तले अघिल्लो वर्ष वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। अघिल्लो वर्ष यो लघुवित्तले आफ्ना सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।