काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा १ करोड कित्ता सेयर थपिएको छ। 

नेप्सेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयर थपिएको हो। यो कम्पनीको कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।

हिमाल दोलखा हाइड्रोपावरले केही समयअघि चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गरेको थियो। 

सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो।