काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा नागरिक लगानी कोष (सीआईटी)को बोनस सेयर सूचीकृत भएको हो। सीआईटीको कुल १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

सीआईटीले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।