काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई बैंकका १ करोड २५ लाख बढी कित्ता सेयर आइतबार सूचीकृत भएका छन् ।

नेप्सेले सानिमा बैंक र गरिमा विकास बैंक लिमिटेडका बोनस सेयरहरु सूचीकृत गरेको हो ।

सूचीकृत गरिएका सेयरहरुमा सानिमा बैंकको ८० लाख १ हजार २५५.४४ कित्ता बोनस सेयर रहेका छन् ।

त्यस्तै गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१४.३१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।