काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार दुईवटा विकास बैंकका ६३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

नेप्सेमा कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकका ६३ लाख ८ हजार ६१८.९८ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् ।

कैलाश विकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता र महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६००.९८ कित्ता बोनस सूचीकृत भएका छन् ।