काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीका करिब २३ लाख कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

नेप्सेमा हिमालयन डिस्टिलरी लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका २२ लाख ९१ हजार २२७.५ कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

सूचीकृत बोनस सेयरमा हिमालयन डिस्टिलरीका १९ लाख २८ हजार २२७.५० कित्ता सेयर छन्। त्यस्तै लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

सूचीकृतसँगै अब दुवै कम्पनीका बोनस सेयर कारोबारमा आउनेछन्।