काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड (वित्तीय संस्था) को सवा १८ लाख कित्ताभन्दा बढी हकप्रद सेयर सूचीकृत भएको छ। 

नेप्सेमा मल्टीपर्पस फिनान्सको १८ लाख २५ हजार ६४३ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो। 

कम्पनीले गत साउन १३ गतेदेखि १ः८.६५ (८६५ प्रतिशत) को अनुपातमा हकप्रद निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँअंकित दरका ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद निष्कासन गरेको थियो। 

निष्कासित कुल हकप्रदमध्ये बिक्री भएको १८ लाख २५ हजार ६४३ कित्ता नेप्सेमा सूचीकृत भएको हो।