काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा भीषण पहिरो गएसँगै दोश्रो पटक नेगेटिभ सर्किट लागी बजार बन्द भएको छ।
मध्यान्ह १२ः४६ मा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले पहिलो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो।
तर, पुनः ४० मिनेटको स्थगनपछि खुलेको बजारमा केही मिनेटमै ६ प्रतिशत बढीको गिरावट आएसँगै नेप्सेले १ः२९ देखि अर्को सर्किट लगाउँदै आजको कारोबार नै स्थगित गरेको हो ।
दुई पटकको नेगेटिभ सर्किट लागेसँगै ९६.०६ अंकले घटेर १४९५.३० को विन्दूमा सीमित बन्न पुगेको छ ।
यो दिन नेप्सेका सबै समूहका उपसूचकमा पहिरो गयो ।
सबैभन्दा बढी निर्जीवन बिमा समूहमा ७.४६ प्रतिशतको गिरावट आएको छ भने जीवन बिमा समूहमा ७.४५ प्रतिशतको पहिरो गएको छ ।
बैंकिङ समूह ६.७४ प्रतिशतले घटेको छ भने व्यापार समूह २.६९ प्रतिशत, होटल समूह ४.०८ प्रतिशत, विकास बैंक समूह ४.५१ प्रतिशत, जलविद्युत समूह ३.९१ प्रतिशत, बित्त समूह २.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.०९, अन्य समूह ३.९३ प्रतिशत, माइक्रो फाइनान्स समूह ५.१ प्रतिशत र म्युचुअल फण्ड समूह ०.१८ प्रतिशतले घटिसकेको छ ।
यो दिन २ अर्ब १५ करोड बढीको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेको सूचिमा नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, एनएमबी बैंक, प्रभू बैंक, ग्लोबल आइएमई बैंक, नवील बैंक, नेपाल बैंक, हिमालयन डिस्टीलरी, नागरिक लगानीकोष र एभरेष्ट बैंक अगाडि छन् ।
यो अवधिसम्म कमाउने कम्पनीको संख्या मात्रै ३ रहेको छ । एनआइसी एशिया ब्यालेन्स फण्ड, खानीखोला हाइड्रो र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका सेयरधनीले मात्र कमाए । बाँकी १७० कम्पनीका सेयरधनीको सम्पत्ति पहिरोको गतिमा घट्न पुगेको छ ।
यो दिन ११ वटा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।
प्रभू इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेशनल माइक्रोफाइनान्स, नवील बैंक र एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्न पुग्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19