काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार १३ लाख बढी कित्ता सेयर थपिएको छ।

दुई वित्तीय संस्थाको १३ लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेमा पोखरा फाइनान्स लिमिटेडको ६ लाख ९०.८३ बोनस सेयर सूचीकृत भएको छ।

त्यस्तै नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ लाख २० हजार ९९९.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

दुवै कम्पनीको गरी १३ लाख २१ हजार ८९.९ कित्ता सेयर सूचीकृत भएको छ।