काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएका छन्। 

नेप्सेमा आईसीएफसी फाइनान्स र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका ५ लाख १५ हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएका हुन्।

आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता र गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता बोनस सेयर सूचीकृत भएका छन्।