काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार करिब १० लाख कित्ता सेयर थपिएको छ। 

नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको करिब १० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

आरएमडीसी लघुवित्तले आफ्नो सेयरधनीहरुलाई वितरण गरेको ९ लाख ९९ हजार २४८.२५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।