काठमाण्डौ। नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सूचीकृत भएको छ।

पुनर्बीमा कम्पनीको १०० रुपैयाँ अंकित दरका १० करोड कित्ता सेयर सूूचीकरण गरिएको नेप्सेद्वारा जारी सूूचनामा उल्लेख छ। यसका साथै नेप्सेले पुुर्नबीमा कम्पनीको ओपनिङ रेन्जसमेत तोकेको छ। नेप्सेका अनुुसार कम्पनीको ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता रु. १४१.४५ देखि रु. ४२४.३५ बाट पहिलो कारोबार सुुरु हुुने जनाइएको छ।

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आईपीओ जारी गरेको थियो। जसमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि यसअघि नै बाँडफाँड गरिसकेको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो। 

आईपीओमा कुल ३ लाख ९१ हजार ६२६ जनाले आवेदन दिएका थिए। तीमध्ये ९८८ जनाको आवेदन रद्द भएको थियो। बाँकी ३ लाख ९० हजार ६३८ आवेदकले सेयर हात पारेका थिए। 

कम्पनीको सेयर बाँडफाँड आईपीओ बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यालयमा गत चैत २६ गते गरिएको थियो।