काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार तीन बैंकको बोनस सेयर र एउटा बीमा कम्पनीको हकप्रद सेयर सूचीकृत भएका छन्।

नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक र लुम्बिनी विकास बैंकको बोनस सेयर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो। यी चारै कम्पनीका ३ करोड २३ लाख ४४ हजार ४९७.७८ कित्ता सेयर सूचीकृत भएको हो।

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको १७ लाख ६० हजार, नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ३७ लाख ९२ हजार ५४ कित्ता, प्राइम बैंकको १ करोड ५४ लाख ९८ हजार ९६२.७२ कित्ता र लुम्बिनी विकास बैंकको १२ लाख ९३ हजार ४८१.७८ कित्ता सेयर सूचीकृत भएको हो।