काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार एक बैंक र एक वित्तीय संस्थाको १ करोड ५० लाखभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

गत आर्थिक वर्षका लागि जारी नेपाल बैंक लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका बोनस सेयरहरु नेप्सेमा सूचीकृत भएका हुन्। दुवै संस्थाका १ करोड ५१ लाख ९६ हजार ७२२ कित्ता सेयर सूचीकृत भएका छन्। 

सूचीकृत सेयरमध्ये नेपाल बैंकको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता रहेको छ भने सूर्योदय लघुवित्तको ४ लाख ८० हजार कित्ता रहेको छ।