काठमाण्डौ । ‘१०% नेपाल एसबीआई बैंक ऋणपत्र–२०८६’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ।

यो ऋणपत्रका २० लाख ३३ हजार ८८८ इकाइ नेप्सेमा सूचीकृत भएको हो। नेपाल एसबीआई बैंकको यो ऋणपत्रका इकाइहरु गत माघ २८ गतेदेखि फागुन २८ गतेसम्म बिक्री खुलाइएको थियो। 

प्रतिकित्ता १००० दरका कुल २५ लाख इकाइको ऋणपत्रमध्ये १५ लाख इकाइ ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १० लाख इकाइ ऋणपत्रले हुने आउने कुल १ अर्ब ऋणपूँजी रकम (सोमध्ये ५% अर्थात ५० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोष लागि छुटाइएकोसमेत) सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

१० वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउने छन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।