काठमाण्डौ । नेप्से परिसूचक आज बुधबार दोहोरो अंकले गिरावट आएको छ।
साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा आएको केही प्राविधिक समस्याले केही अबेर सुचारु भएको धितोपत्र कारोबारमा नेप्सेको वेबसाइट र टीएमएसको तथ्यांकसमेत मेल नखाँदा लगानीकर्ताहरु निकै रणभूल्ल र अन्यौलमा परे। यही अन्यौलकै कारणसमेत कारोबार रकमसमेत घटेको छ।
कोरोना महामारीले भयावह रुप लिँदै समुदायस्तरमै फैलिएको र देशका अधिकांश सहरहरुमा लकडाउन तथा निषेधाज्ञा लागू भएको छ। कोरोना कहरका बीच लगानीकर्तामा समेत सेयर खरिदमा उल्लेख्य उत्साह देखिएको छैन। लगानीकर्ताहरु सेयर खरिदबिक्रीमा नै अन्यौल भएकाले परिसूचकमा गिरावट आएको ब्रोकरहरु दाबी गर्छन्।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये तीन चौथाइ बैंक तथा वित्तीय संस्थाका धितोपत्र छन्। बैंक तथा वित्तीय संस्थालाई कोरोनाले निकै ठूलो प्रभावित पारेको व्यापार–व्यवसायमा समेत उत्साहप्रद आउन नसक्दा त्यसको सोझो असर सेयर बजारमा परेको विश्लेषकहरु बताउँछन्। बैंकहरुले विभिन्न शीर्षकमा प्रभिजन गर्नुपर्ने र बैंकको व्यवसायमा समेत गम्भीर क्षति पुगी वित्तीय प्रतिवेदनमा नकारात्मक असर पर्ने विश्लेषण गरेकाले समेत आज बैंकिङ सेक्टरका सेयरमूल्यमा पहिरो गएको छ।
आज नेप्से परिसूचक २१.६१ अंकको गिरावटका साथ १३८२.२५ को विन्दुमा सीमित बन्न पुगेको छ। समग्र कारोबार मापक फ्लोट इन्डेक्स १.६१ अंकको गिरावटका साथ ९६.७३ को विन्दुमा झर्यो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका ३४ लाख ४७ हजार ७६५ कित्ता सेयर १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९३४ रुपैयाँमा कारोबार भयो।
आज नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीको मात्र १३ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भयो।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड १९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड १६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको ३ करोड २० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ६९ लाख रुपैयाँ, मेगा बैंकको २ करोड ६१ लाख रुपैयाँ र एनआईसी एसिया लघुवित्तको २ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भयो।
धेरै कमाउने, धेरै गुमाउने
आज तीन कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लुघवित्त र नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन दुई कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो। आखुँखोला जलविद्युत् र घलेम्दी हाइड्रोको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा घटेर नेगेटिभ सर्किट लागेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19