काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा झिनो अंकको गिरावटका साथ बजार बन्द भएको छ।
परिसूचक हिजोको तुलनामा १.२९ अंकले घटेर नेप्से परिसूचक १३८१.३८ विन्दु कायम भएको छ। नियमित कारोबार समयको पहिलो प्रहर परिसूचक ओरालो यात्रा तय गर्दैगर्दा मध्यसमयपछि भने सुधार हुँदै बजार स्थिर बनेको थियो।
सरकारले लकडाउन नगर्ने दाबी गर्दैगर्दा लगानीकर्तामा भने कोरोनाभाइरसकै कारण पुनः लकडाउन हुने मनोवैज्ञानिक त्रासले समेत खरिदचापभन्दा बिक्रीचाप बढेको ब्रोकरहरु दाबी गर्छन्। अनलाइन प्रयोगकर्ताहरु सेयर कारोबार गर्दा निक्कै आत्तिने र परिसूचकको गतिसँगै हठातमा निर्णय लिने गरेकाले बजारमा खरिदभन्दा बिक्रीचाप देखिएको ब्रोकरहरुको तर्क छ।
सेयर बजारमैत्री वातावरण सिर्जना भइरहँदा लगानीकर्तामा कोरोनाकै भूत सवार भएकाले बजार घटे सस्तोमा सेयर किन्न पाइएला भन्ने मनोविज्ञानले समेत खरिदचाप नपर्दा नेप्से परिसूचकले उकालो गति समाउन नसकिरहेको विश्लेषकहरु बताउँछन्। लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिले समेत विगतका दैनिक कारोबार रकमभन्दा आजको कारोबार रकममा समेत असर परेको छ।
आज नेप्से उपसमूहमा रहेका १२ मध्ये ६ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूहमा सबैभन्दा बढी ५०.८ अंकको बढोत्तरी देखियो। त्यस्तै होटेल्स् समूहमा ३३.८४ अंक, विकास बैंक समूहमा १०.४ अंक, वित्त समूहमा ४.०३ अंक, निर्जीवन बीमा समूहमा ३१.८७ अंक र उत्पादन तथा प्रशोधन समूहमा ३.५९ अंकको बढोत्तरी भयो।
यसैगरी आज बैंकिङ समूहमा ३.९३ अंक, व्यापार समूहमा ९.२४ अंक, जलविद्युत् समूहमा ४.१३ अंक, अन्य समूहमा ३.०६ अंक, लघुवित्त समूहमा १.५६ अंक र म्युचुअल फन्ड समूहमा ०.०९ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत १८६ कम्पनीका २३ लाख ३७ हजार २३० कित्ता सेयर ९१ करोड ८१ लाख ८९ हजार ४३० रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो। यो कम्पनीको मात्रै ११ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भयो।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८९ लाख रुपैयाँ, एनएमबी बैंकको ३ करोड ६० लाख रुपैयाँ, आरम्भ चौतारी लघुवित्तको २ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको २ करोड १२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ४ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको २ करोड रुपैयाँ, मेगा बैंकको १ करोड ९१ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको १ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भयो।
धेरै कमाउने र गुमाउनेहरु
यो दिन गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। आज गुराँस लघुवित्तको सेयरमूल्य १० प्रतिशत र अजोड र नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो।
आज महिला सहयात्रा लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घट्यो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago