काठमाण्डौ । धितोपत्र बोर्डले बजार निर्माता र डिलरलाई पूँजीबजारमा प्रवेश गराउन भइरहेको तयारीको बिषयमा नेपाल स्टक एक्सचेञ्जसँग जानकारी माग्दै पत्र पठाएको छ ।
बोर्डका अनुसार नेप्सेबाट कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सुरु भइसकेको अवस्थामा धितोपत्र बजारमा बजार निर्माता र डिलरलाई प्रवेश गराउन भइरहेको तयारीको सम्बन्धमा नेप्सेसँग जानकारी मागिएको हो ।
धितोपत्रको खरिद तथा विक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा विक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्था अनुसार कारोवार गर्न तथा धितोपत्रको अण्डरराइटिङ्ग समेत गर्ने गर्दछ ।
धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको विश्वास छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago