काठमाण्डौ । सेयर बजार पछिल्ला हरेक दिन हराभरा भइरहेको छ । विगत केही दिनदेखि बढिरहेको बजार बुधबार पनि २३.८९ अंकले बढ्यो । यो दिन नेप्से परिसूचकसँगै समानान्तर ढंगले कारोबार रकममा पनि बढोत्तरी भयो ।
बजारलाई कारोबार रकमले यो साता क्रमशः साथ बढाउँदै लगेको देखिन्छ । कारोबार रकम र परिसूचक समानान्तर ढंगले बढ्दै जाँदा धेरै लगानीकर्ता उत्साहित देखिएका छन् । यो क्रममा विश्लेषकहरु पनि बजारले सकारात्मक दिशा समात्दै गएकोले नेप्से केही बढ्ने कुरामा ढुक्क जस्तै देखिन्छन् ।
नेपाली सेयर बजारका प्राविधिक विश्लेषक तथा जानकार धनकुमार राईले बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्दै गएकोले बजारको भविष्य राम्रो रहेको दाबी गरे । उनका अनुसार बजारलाई प्राविधिक पक्षबाट विश्लेषण गर्दा नेप्से परिसूचकले यो पटक १४५० को विन्दू छुने संभावना देखिएको छ ।
‘१४५० को विन्दूलाई छोएर नेप्से प्रोफिट बुक गर्ने लगानीकर्ताको हतारोले फेरि केही तल झर्नेछ ।’ उनले भने–‘१४५० को विन्दूलाई छोएको बजार करेक्सन भई फेरि १२७५ र आसपासकै विन्दूमा केही समयसम्म घुम्नसक्ने प्राविधिक विश्लेषणबाट देखिन्छ ।’
विश्लेषक राईले प्राविधिक कोणबाट बजार १४५० को विन्दूमा पुग्ने देखिए पनि यो क्रममा लगानीकर्ताको लोभ, त्रास र मनोविज्ञानले समेत बजारको दिशा तय गर्नेछ।
विश्लेषक राईले बजारले २१०० को विन्दूको दीर्घकालीन लक्ष्य हासिल गर्ने संभावनालाई पुनः दोहोर्याएका छन् ।
अल्पकालीन रुपमा केही सातामै बजार कसरी १४५० को विन्दूमा पुग्ला त ? ग्राफ र तथ्यसहितको विस्तृत विश्लेषण केहीबेरपछि। बिजशाला(bizshala.com) भिजिट गर्दै गर्नुहोला ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago