काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज ७ वटा जलविद्युतसहित ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले नेपाल हाइड्रो डेभलपर, पञ्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट र युनियन हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। यस्तै गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार पनि नेप्सेले रोक्का गरेको छ।
आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन धितोपत्र बोर्डमा पेस नगरेको पाइएकोले आइतबारको निर्णयअनुसार यी कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
नेप्सेमा सूचीकृत कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २६ को उपनियम (२) बमोजिम वार्षिक प्रतिवेदनलगायतका वित्तीय विवरणहरु बोर्डमा र धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (क) मा भएको व्यवस्थाबमोजिम नेप्सेमा पेस गरेको नपाइएको नेप्सेले जनाएको छ। सोही कारण बोर्डको निर्देशनमा यी कम्पनीहरुको सेयर कारोबार रोक्का गरिएको नेप्सेले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19