काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको सूचिकरण प्रक्रियामा सूचिकृत कम्पनीहरुले असहयोग गरेका पाइएको छ ।
नेप्सेले यसअघि धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचिकृत कम्पनीहरुको वर्गीकरण संलग्न लिष्ट सार्वजनिक गरेको थियो । असोज २९ गते सार्वजनिक सूचिमा धेरै राम्रा कम्पनी समेत कमजोर वर्गमा वर्गीकृत भएका थिए ।
नेप्सेले आवश्यक कागजात तथा विवरण नबुझाएका कारण त्यस्ता कम्पनी कमजोर वर्गमा परेका उल्लेख गर्दै सो सम्बन्धमा चित्त नबुझे कारणसहित ३५ दिनभित्र दाबी गर्न अनुरोध गरे पनि त्यसप्रति कुनै पनि कम्पनीले चासो दिएनन् ।
परिणामः नेप्सेले मंगलबार साँझ कुनै पनि कम्पनीबाट दाबीसहितको आवेदन प्राप्त नभएको भन्दै पुरानै सूचि सार्वजनिक गरेको छ ।
नेप्सेले सार्वजनिक गरेको सूचिमा कुनै पनि सूचिकृत कम्पनी ए र बी समूहमा परेका छैनन् । केही कम्पनी जी समूहमा परेका छन् भने धेरै कम्पनी जेड समूहमा परेका छन् ।
नेप्सेले सार्वजनिक गरेको कम्पनीहरुको वर्गीकरणको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19