काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा सामान्य वृद्धि भएको छ।
आज बजार ३.०७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२३.०६ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ५०८.४९ को विन्दुमा उक्लिएको छ। कारोबार रकमले भने आज नयाँ कीर्तिमान कायम गरेको छ। आज एकैदिन १३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट बजारको बाटो सकारात्मक रहेको बताउँछन्। ‘अहिले संस्थागतदेखि साना लगानीकर्ताहरु सक्रिय रुपमा सेयर कारोबार गरिरहेका छन्’, उनले भने, ‘कारोबार रकम दैनिक बढ्नले पनि बजार पोजेटिभ नै रहेको प्रस्ट हुन्छ।’
अहिले बजार प्रविधिमैत्री हुनु र लगानीका अन्य क्षेत्र शिथिल रहनुले सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको रानाभाटको भनाइ छ। ‘बजारमा चौतर्फी माहौल बनेको छ, सोचविचार गरेर लगानी गर्न सक्ने सेयर बजारबाटै मनग्य आम्दानी गर्न सकिन्छ’, उनले भने।
बजार जानकार प्रेम ओलीको मत पनि रानाभाटको भन्दा फरक छैन। उनी पनि अन्य क्षेत्र ठप्प रहेको अवस्थामा सेयर बजारमै लगानीकर्ता ओइरिएको बताउँछन्। ‘जसका कारण दैनिक कारोबार रकम बढ्दो गतिमा छ’, उनले भने, ‘यसले बजारको दिगो विकासमा टेवा पुर्याउँछ।’
बजार अब ३००० को विन्दुममा पुग्नेमा कुनै शंका नरहेको ओलीको भनाइ छ। ‘संस्थागत र व्यक्तिगत लगानीकर्ता सक्रिय रुपमा कारोबार गरिरहेका छन्’, उनले भने, ‘बजार सबैतिरबाट सकारात्मक बन्दै गएको छ, त्यसैले अब ३००० को विन्दुमा बजार पुग्ने निश्चित छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १९६.६४ अंकले उकालो लागेको छ। जलविद्युत समूह ५.२ अंकले बढेको आज बैंकिङ समूहमा ४.०८ अंक, म्युचुअल फन्डमा ०.०९ अंक र लगानी समूहमा १.४१ अंकको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक ५७.६ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ५५.६१ अंकले घटेको आज होटेल तथा पर्यटन समूहमा १७ अंक, विकास बैंक समूहमा ३२.९ अंक, वित्त समूहमा ३६.४२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४७.८२ अंक, अन्य समूहमा ९.३१ अंक र लघुवित्त समूहमा ५.३७ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत २१६ कम्पनीका २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँमा किनबेच भएका छन्।
आज एचआईडीसीएल उच्च कारोबार भएको छ। यो कम्पनीको मात्रै १ अर्ब २६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
यसैगरी नेको इन्सुरेन्सको ३७ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको २८ करोड २० लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सको २५ करोड ७० लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको २४ करोड ८१ लाख रुपैयाँ, सिभिल बैंकको २४ करोड १४ लाख रुपैयाँ, कुमारी बैंकको २१ करोड ९८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३ लाख रुपैयाँ, ज्योति विकास बैंकको २० करोड ९८ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको २० करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावर, युनाइटेड इदी मर्दी, माउन्टेन इनर्जी र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
आज एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी बैंक तथा वित्तीय संस्थाका सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19