काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ।
नेप्सेले सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड गरी ४ समूहमा वर्गीकरण गरेको हो। ए समूहमा २० वाणिज्य बैंक, २ वटा विकास बैंक, एउटा फाइनान्स, एउटा लघुवित्त र ४ वटा हाइड्रोपावर कम्पनी गरी २८ वटा कम्पनी परेका छन्।
ए समूहमा वाणिज्य बैंकहरुमध्ये कृषि विकास बैंक, बैंक अफ काठमाण्डौ, सेन्चुरी कमर्सियल बैंक, सिजिन्स इन्टरनेसनल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र सनराइज बैंक परेका छन्।
यही समूहमा विकास बैंकतर्फ कामना सेवा र शाइन रेसुंगा परेका छन्। आईसीएफसी फाइनान्स, आरएमडीसी लघुवित्त, अपी पावर, बुटवल पावर, सानिमा माई हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर परेका छन्।
बी समूहमा भने एउटा वाणिज्य बैंकसहित १० वटा कम्पनी परेका छन्। जसमा नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, एनएमबि लघुवित्त, आरएसडीसी लघुवित्त, एचआईडीसीएल, ङादी पावर ग्रुप, अरुण भ्याली हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर परेका छन्।
जी समूहमा २७ वटा कम्पनी परेका छन्। जसमा ७ वटा लघुवित्त, ५ वटा लगानी र होटेल तथा पर्यटन समूहका कम्पनी, ६ वटा बीमा कम्पनी र ९ वटा जलविद्युत कम्पनी छन्।
यसैगरी जेड समूहमा १४८ वटा कम्पनी परेका छन्। जसमा ५ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक, २० वटा फाइनान्स, २२ वटा बीमा, ४३ वटा लघुवित्त, २४ वटा जलविद्युत तथा उत्पादन, व्यापार, लगानी, होटेल तथा पर्यटन तथा अन्य समूहका ३० वटा कम्पनी परेका छन्। जेड समूहमा पर्ने वाणिज्य बैंकहरुमा सिभिल, माछापुच्छ्रे, प्रभु, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
नेप्सेले गत साउन १७ गते सूचीकृत कम्पनीहरुसँग वर्गीकरणका लागि आवश्यक विवरण माग गरेको थियो। प्राप्त विवरणकै आधारमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ।
वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि नेप्सेले आग्रह गरेको छ।
यस्तो छ वर्गीकरणको सूची –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19