काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले २०७६ बैशाख १ गतेदेखि सेयर खरीदकर्ताका लागि मात्र प्यान अनिवार्यको नियम लाग्ने बिषयबाट नतर्सिन लगानीकर्तालाई आह्वान गरेको छ ।
बजार संचालक नेप्सेले शुक्रबार अपरान्ह एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै लगानीकर्तालाई कुनै पनि किसिमको हानी नहुने गरी प्यान लागू हुनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएअनुसार आगामी बैशाख १ देखि अनिवार्य रुपमा खरीदकर्ताका लागि मात्र प्यान लगाउने विषयमा शुक्रबार सबै लगानीकर्ताका संघसंगठनसँग छलफल भएको उल्लेख गर्दै नेप्सेले भनेको छ-'उपर्युक्त विषयमा वृहत छलफल र अध्ययन गरी नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताद्वारा प्रस्तुत भएका सुझावहरु प्रस्तुत गर्ने जानकारी गराइन्छ ।'
बजारमा प्यानको विषयलाई लिएर नकारात्मक टिकाटिप्पणी भइरहेकोमा आफ्नो ध्यानाकर्षण भएको समेत नेप्सेको सूचनामा उल्लेख छ ।
प्यानको हल्लाबाट त्रसित नभई साबिकमा झै धितोपत्रको खरीदबिक्रीलाई जारी राख्न समेत नेप्सेले लगानीकर्तामा आह्वान गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19