काठमाण्डौ । बजारमा सर्टटर्म कारोबारी हाबी भएका छन् । बजार बढेको बेला सेयर बिक्री गरी प्रफिट बुक गर्नेहरु हाबी हुँदा साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन भएको छ । यो दिन नेप्से परिसूचक १०.५६ अंकले घटी १२६७.१८ को विन्दूमा समेटिन पुगेको छ ।
पछिल्लो समय सर्टटर्म कारोबारी प्रफिट बुक गर्नेतर्फ लाग्दा ठूला र संस्थागत लगानीकर्ता भने राम्रा कम्पनीको सेयर खरीद गरी होल्ड गर्नेतर्फ लागेका छन् ।
यो दिन होटल र उत्पादनमूलक बाहेकका सबै समूहमा रातो पोतिएको छ ।
होटल समूह १३.०५ अंकले बढेको छ भने उत्पादनमूलकमा २६.४७ अंकको बढोत्तरी भएको छ ।
बैंकिङ समूह १२.५७ अंकले घटेको यो दिन जीवन बिमा समूह २९.०७ अंक र निर्जीवन बिमा समूह ६७.०२ अंकले घटे । यस्तै, विकास बैंक समूह ३.८५ अंकले घटेको यो दिन जलविद्युत समूहमा २१.६४ अंक, बित्त समूह ०.९६ अंक, माइक्रोफाइनान्स समूहमा ९.४६ अंक र अन्य समूह २.५७ अंकको गिरावट आयो ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.४९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.८६ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६९ कम्पनीका २१ लाख ९२ हजार २ सय १ कित्ता सेयर ५७ करोड २६ लाख ९१ हजार ६ सय ९१ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी प्रभू बैंकले ४ करोड ६९ लाख बढीको कारोबार गर्यो । यो बैंकले १० प्रतिशत भन्दा माथिको लाभांश वितरणको घोषणा गर्दैछ भन्ने हल्लाले विगत केही दिनदेखि लगातार भाउ बढेर उच्च कारोबार भइरहेको छ ।
यो दिन सूर्या लाइफको ४ करोड ७ लाख बढीको संस्थापक सेयर किनबेच भयो भने नेपाल बैंकले २ करोड ७३ लाख, एनएमबी बैंकले २ करोड १४ लाख, एनआइसी एशियाले पनि २ करोड १४ लाख, नेशनल हाइड्रोपावर कम्पनीले २ करोड १० लाख बढीको कारोबार गरे । महालक्ष्मी विकास बैंकको २ करोड बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ९४ लाख, मेगा बैंकले १ करोड ८० लाख र कुमारी बैंकले १ करोड ७२ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले वृद्धि भयो । बोटलर्स नेपाल(तराई) लिमीटेडको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।
यो दिन हिमालयन पावर पार्टनर लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५.९० प्रतिशतको गिरावट आयो । अरुण काबेली पावर लिमीटेडको मूल्यमा समेत ५.२० प्रतिशतको गिरावट आयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19