काठमाण्डौ । छठको विदापछि खुलेको पूँजीबजार ओरालो लागेको छ । बियरिस मार्केटमा चार कम्पनी भने मालामाल बने ।
छठ मनाएर कतिपय लगानीकर्ता नफर्किएका, अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरिसकेका, मूल्य समायोजनको क्रम समेत धमाधम भइरहेकाले उपलब्ध लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा बस्दा समेत बजार ओरालो लागेको हो ।
लक्ष्मी लघुवित्त बित्तीय संस्था, एनएमबी म्युचुअल फण्ड, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्स बित्तीय संस्थाका लगानीकर्ता सोमबार मालामाल भए
सोमबार नेप्से परिसूचक १३.०९ अंकले घटेर १७४९.१२ अंकमा आइपुग्यो। कारोबार रकम भने यसअघिको कारोबार भएको दिनभन्दा बढेको छ ।
अधिकांश समूहको परिसूचकमा रातो पोतियो । वाणिज्य बैंक समूह १८.०१ अंकले घट्यो भने विकास बैंक समूहमा ०.०८ अंकको मात्र गिरावट देखियो । यसैगरी, बिमा समूह ४९.२३, उत्पादनमूलक ३२.०२, जलविद्युत समूह २१.०९ र अन्य समूह १.४४ अंकले ओरालो लाग्यो । होटल समूह १०.९ अंकले उक्लियो भने बित्त समूहमा पनि १.०२ अंकको झिनो बढोत्तरी भयो ।
'क' वर्गका कम्पनीहरुको कारोबारमा सुस्तता आउँदा सेन्सेटिभ इण्डेक्स २.९८ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
सोमबार १ सय ३४ कम्पनीको कुल ८ लाख ८१ हजार ५ सय ३३ कित्ता सेयर ६८ करोड ७४ लाख रुपैयाँमा कारोबार भयो ।
वाणिज्य बैंक समूहले सबैभन्दा बढी ३१ करोडको कारोबार गर्यो भने बिमा समूहले १८ करोड ३५ लाख र विकास बैंक समूहले १२ करोड ४२ लाख बराबरको कारोबार गरे ।
सोमबार कारोबार रकमको हिसाबले सबैभन्दा अग्रस्थानमा सिभिल बैंक रह्यो । यो कम्पनीले मात्र ५ करोड २५ लाख बराबरको कारोबार गर्यो ।
यसैगरी, एभरेष्ट बैंकले ४ करोड ७६ लाख, नेका इन्स्योरेन्सले ४ करोड ३० लाख, मुक्तिनाथ विकास बैंकले ४ करोड २३ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ३ करोड ५० लाख बराबरको कारोबार गरे ।
लुम्बिनी जनरल इन्स्योरेन्सको २ करोड ६२ लाख, शिखर इन्स्योरेन्सको २ करोड ८ लाख, छिमेक लघुवित्त विकास बैंकको १ करोड ९४ लाख, माछापुच्छे बैंकको १ करोड ९१ लाख, एनबी बैंकको १ करोड ९० लाख बराबरको सेयर किनबेच भयो ।
धेरै कमाउने र गुमाउने
नेप्से परिसूचक दोहोरो अंकले घटे पनि चार कम्पनीले पैसा छापे । यी कम्पनीले १० प्रतिशतको हाराहारीमा सेयर मूल्य बढाए । लक्ष्मी लघुवित्त बित्तीय संस्था, एनएमबी म्युचुअल फण्ड, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्स बित्तीय संस्थाका लगानीकर्ता सोमबार मालामाल भएका हुन् । विजय लघुवित्त बित्तीय संस्थाको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो भने किसान माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्यमा ७ प्रतिशत भन्दा बढीको वृद्धि देखियो ।
सोमबार रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशतले सेयर मूल्यमा क्षति व्यहोर्नुपर्यो । मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ४ प्रतिशत भन्दा बढीले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago