काठमाण्डौ । बुधबार अन्तिम समयमा बजारमा झिनो बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक २.८१ अंकले बढेर १२४२.०७ को विन्दूमा फर्किएको हो ।
नेप्से परिसूचकमा अन्तिम अवस्थामा झिनो सुधार भए पनि कारोबार रकममा भने मंगलबारको तुलनामा पहिरो गएको छ । यो दिन बजारमा २० करोड ८५ लाख भन्दा केही बढीको मात्र कारोबार भयो । मंगलबारको तुलनामा यो निकै कम हो ।
कारोबार रकमतर्फ ठूलो गिरावट गएको अवस्थामा बजारमा भएको झिनो सुधारबाट धेरै आशा गर्न सकिन्न ।
सूचकमा सामान्य सुधार भए पनि टर्नओभर(कारोबार)मा गिरावट हुनुले लगानीकर्तामा खरीदको चाहना केही बढेको देखिए पनि धेरै मौद्रिक नीतिको प्रतिक्षामा बस्दा धेरै सेयरको कारोबार भने हुन नसकेको देखिन्छ । बजार घट्ने वा बढ्ने भन्ने बिषयको निक्र्यौल गर्न लाभकरको अन्यौल हट्ने गरी अर्थमन्त्रालयबाट गठित अध्ययन समितिले प्रतिवेदन तयार गर्नुपर्छ भने बजार प्रोत्साहित हुने खालको मौद्रिक नीति आउनुपर्छ ।
बुधबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.२४ अंकले बढेको छ ।
यो दिन अन्य समूह ३.१७ अंकले घट्यो भने बाँकी सबै समूहको सूचकमा झिनो बढोत्तरी भयो ।
बैंकिंग समूह २.४३ अंकले बढेको यो दिन बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः १८.६६, ६.८४ र ५.२५ अंकले बढे । यस्तै, होटल समूह १७.६४ अंक, जलविद्युत समूह ८.३४ अंक, बित्त समूह २.२२ अंक, उत्पादनमूलक ११.६४ अंक र व्यापार समूह ०.३४ अंकले बढे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६१ कम्पनीका ६ लाख २० हजार ८ सय १९ कित्ता सेयर २० करोड ८५ लाख ५४ हजार ४ सय ४६ रुपैयाँमा किनबेच भए ।
ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाले सबैभन्दा बढी १ करोड ३५ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३२ लाख, मेगा बैंकले १ करोड २८ लाख बढी कारोबार गरेको बजारमा नवील बैंकको ८० लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । यस्तै, नेपाल टेलिकमले ७४ लाख, सनराइज बैंकले ५७ लाख, सिभिल बैंकले ५२ लाख, एभरेष्ट बैंकले ५१ लाख बढीको कारोबार गरे ।
नेपाल इन्भेष्ट बैंकको ५० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा ज्योति विकास बैंकको पनि ५० लाख बढीकै संस्थापक सेयरको कारोबार भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा सामान्य सुधार भए पनि रादी जलविद्युत कम्पनी र नेपाल हाइड्रो डेभलपर्स लिमीटेडका लगानीकर्ता मालामाल भए । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले समेत ७ प्रतिशत भन्दा बढीको दरले सम्पत्ति बढाए ।
यो दिन कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.२५ प्रतिशतले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago