काठमाण्डौ । बिहीबार बजार बुम हुनेमध्येको एउटा कारण थियो: नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको डेमोको लागि ब्रोकरहरुलाई बोलाएको र यो प्रणाली निर्माणको काम लगभग सकिएको भन्ने खबर । तर, के अनलाइन कारोबार प्रणाली निर्माणको सबै काम सकिएर ब्रोकरहरुलाई डेमोका लागि बोलाइएकै हो त ?
नेप्सेका प्रमुख चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणाली निर्माणको काम पूरा नभएको प्रष्ट पारेका छन् । उनले वाइको प्रालिले निर्माण गरिरहेको कारोबार प्रणालीको बिषयमा सरोकारवाला पक्षबाट फिडब्याक लिने काम दैनिकजसो हुने गरेको उल्लेख गर्दै शुक्रबार हुने कार्यक्रम समेत अनौठो र नौलो नभएको प्रष्ट पारे ।
'ब्रोकरहरुलाई उनीहरुको फिडब्याक बुुझ्न र निर्माणको क्रममा रहेको प्रणालीमा उनीहरुको तर्फबाट केही सुधारको पक्ष भए ती कुरालाई समेत समावेश गर्न सकिन्छ कि भन्ने उद्देश्यले बोलाइएको हो ।' साउदले भने-'अनलाइन प्रणालीको काम सकिएको होइन।'
साउदले नेप्सेले यसअघि क्लियरिङ बैंक र केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)लाई बिफ्रिङ गरिसकेको र सोही उद्देश्यका लागि शुक्रबार ब्रोकरहरुलाई बोलाइएको प्रष्ट पारे ।
उनले अनलाइन कारोबार प्रणालीको अधिकांश काम सकिएपछि मिडियाहरुलाई पनि बोलाइने प्रष्ट पारे । 'तर, तपाईहरुलाई बोलाइहाल्ने अवस्था भइसकेको छैन ।' उनले थपे-'कामै सकिएको छैन ।'
यो पनि पढ्नुहोस्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago