काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालकको काम गर्दै आएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमस् लिमिटेड(नेप्स) र फोकसवान प्रालिबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
नेप्सले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई डिजिटल माध्यम तथा नवीनतम प्रविधिको प्रयोग गरी विभिन्न सेवा सुविधा उपलब्ध गराउने क्रममा भुक्तानी सेवा प्रदायक फोकसवानसँग कार्डमा आधारित स्क्यान टु पे र क्यूआर माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हो।
उक्त सेवा सञ्चालनमा आएसँगै नेप्सका सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले फोकसवानद्वारा सञ्चालित ‘मोको डिजिटल’वालेटमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका डेबिट वा क्रेडिट कार्ड लिंक गरी सोही कार्डबाट खर्च हुने गरी विभिन्न सेवाहरुको भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन्। यसका माध्यमबाट ग्राहकहरुले मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानी, हवाईजहाजको टिकटलगायतका सेवा खरिद र भुक्तानी सरल र सहजै गर्न सक्नेछन्।
विभिन्न बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित नेप्स र फोकसवानबीचको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट नगदरहित भुक्तानी र डिजिटल बैंकिङको दायरा अझ विस्तारित हुने अपेक्षा नेप्सले गरेको छ।
कार्डसँग सम्बन्धित नवीनतम सेवा उपलब्ध गराउने सिलसिलामा अन्य सेवाका अतिरिक्त नेप्सबाट कन्ट्याक्टलेस कार्ड, कार्डलेस विथड्र, क्यास रिसाइकलर मेसिन र ग्रिन पिन सेवासमेत प्रारम्भ भइसकेको नेप्सले जनाएको छ। यस्तै आगामी दिनमा कार्डमार्फत हुने कारोबारहरुलाई अझ सरल, परिष्कृत र नवीनता प्रदान गर्ने मार्गंमा प्रयत्नशिल रहेको नेप्सले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवर्द्धित नेप्सले राष्ट्रव्यापी रुपमा झन्डै ३३ लाख कार्ड, २ हजार एटीएम र २० हजार पीओएस मेसिनमार्फत सेवा प्रदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19