काठमाण्डौ । नेबिको प्रा.लि.को उत्कृष्ट उत्पादन सुगर फ्रि डाइजेस्टिभ बिस्कूट नयाँ अत्याधुनिक प्याकमा बजारमा आएको छ । 

विदेशबाट आयातित एयर टाइट कार्टुन(एटीसी)मा प्याकेजिङ गरिएको यो बिस्कुटको ३६० ग्रामको प्याकेटलाई रु. २०० मै बजारमा ल्याइएको कम्पनीले जनाएको छ । 

सुगर फ्रि डाइजेस्टिभ बिस्कूट नेबिकोको उत्कृष्ट उत्पादनमध्येको एक हो र विगत ६ वर्षदेखि नेपाली उपभोक्तामाझ यो ब्राण्ड लोकप्रिय बन्न सफल भएको छ । 

उपभोक्ताको चाहना एवं समय सापेक्षिक गुणस्तरलाई विशेष ध्यानमा राखी यो बिस्कूट गिफ्ट फेमिली प्याकमा बनाइएको छ । साथै उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ । 

बजारमा आएको नयाँ फेमीली प्याक भित्र दशवटा साना भिन्दा भिन्दै प्याक भएको हुनाले ग्राहकले खरिदपश्चात तुरन्त खपत गर्नुपर्र्ने बाध्यता नरहने र प्याकेट खोल्दा पनि बिस्कुटको गुणस्तरमा कुनै कमी नहुने कम्पनीले प्रष्ट्याएको छ ।

अरु विदेशी बिस्कुटको तुलनामा गुणस्तरीय र सुपथ मूल्यमा खरीद गर्न सकिनेछ । 

उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन एवम् मधुमेह भएका तथा नभएका उपभोक्ताहरुको स्वास्थ्यलाई पनि ध्यानमा राखी कोलिस्ट्रोलरहित उत्कृष्ट स्वादमा यो बिस्कुट उपलब्ध गराइएको छ । मानव स्वास्थ्यमा सचेत उपभोक्ताहरुले निर्धक्क भई यो बिस्कुट उपभोग गर्न सक्ने कम्पनीले दाबी गरेको छ । 

नेबिको प्रा.लि. विगत ५५ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्रीवितरण गरिरहेको ठूलो तथा उत्कृष्ट कम्पनी हो । 

नेबिकोले स्थापनाकालदेखि नै आफ्ना उत्पादनको उच्च गुणस्तर कायम गर्दै आएको छ । उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न यो कम्पनीले नेपाल गुणस्तर चिन्ह(एनएस) तथा  आइएसओ ९००१ः२००८ क्वालिटी म्यानेजमेन्ट सिस्टमको सर्टिफिकेट पनि लिएको छ । 

हाल यस कम्पनीको स्वामित्वमा बिस्कुट, कन्फेक्सनरी, मैदा मिल र ट्रेडिङ कम्पनीहरु रहेका छन् । 

कम्पनीले आगामी दिनमा पनि विभिन्न प्रकारका पोषण तथा स्वास्थ्यबद्र्धक उत्पादनहरु बजारमा ल्याउने विश्वास दिलाउँदै नेपाली उत्पादनलाई नै बढी माया गरिदिन समेत उपभोक्ताहरुमा आह्वान गरेको छ ।