काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। 

संस्थाको संचालक समितिको निर्णयअनुसार सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आउँदो साउन १ गतेदेखि लागू हुने गरी आरबिबि मर्चेन्टलाई सेयर रजिस्ट्रार नियुक्त गरिएको हो। 

हिजो आइतबार नेरुडे लघुवित्त र आरबिबि मर्चेन्टबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतपत्रमा नेरुडे लघुवित्तका प्रबन्ध सञ्चालक सुधिर श्रेष्ठ र आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। 

आरबिबि मर्चेन्ट राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रही धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर लिमिटेड हो।