Symbolic Photo
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको सेयरका लागि आवेदन दिने आज मंगलबार दिन रहेको छ ।
कम्पनीले गत साता मंगलबार संस्थापक समूहको प्रतिकित्ता १०० दरको १ लाख १० हजार कित्ता सेयर लिलामीमार्फत बिक्री खुलाएको थियो ।
लिलामीमा सहभागी हुन चाहनले न्यूनतम प्रतिकित्ता १९६ रुपैयाँ र सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लिलामीमा सहभागी हुने एक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकभन्दा बढी बोलपत्र पेस गर्न पाउने छैनन् ।
कम्पनीले लिलामीका लागि असार १७ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस आह्वान गरेको थियो ।
लिलामी प्रक्रियाको व्यवस्थापन काठमाडौँको सुन्धारास्थित सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा ११४ प्रतिशतको हाराहारीमा छलाङ मारेको छ।
अघिल्लो वर्षको यही अवधिमा ३ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको खूद नाफा बढेर यो वर्ष ७ करोड ९७ लाखको उचाईमा पुगेको छ ।
खूद नाफामा आकर्षक प्रगति भएसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) १६.२५ रुपैयाँबाट ८९.२२ प्रतिशतले बढेर ३०.७५ रुपैयाँको उचाईमा पुगेको छ ।
कम्पनीको संचालन मुनाफा ५ करोड ८६ लाखबाट बढेर १२ करोड ५३ लाखको उचाईमा पुगेको छ भने खूद ब्याज आम्दानी पनि २३.४२ प्रतिशतले बढेर २७ करोड ८७ लाखको उचाईमा पुगेको छ।
समीक्षा अवधिमा नेरुडे लघुवित्तले १ अर्ब ८२ करोड निक्षेप संकलन गरी तथा २ अर्ब १७ करोड सापटी लिई ४ अर्ब ७८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २९.७१ प्रतिशत, सापटी ३५.५४ प्रतिशत र कर्जा बिस्तारतर्फ २७.५९ प्रतिशतको प्रगति गरेको देखिएको छ ।
कम्पनीले अघिल्लो वर्षको यही अवधिमा २६ करोड २७ लाखमा सीमित रिजर्बको आकार बढाई ४५ करोड ४७ करोडको उचाईमा पुगेको छ ।
अघिल्लो वर्ष १.५६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर १.६८ प्रतिशत पुगेको छ।
कस्ट अफ फण्डमा सामान्य कटौति गर्न सकेको यो कम्पनीको समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ २३१.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.८० गुणा कायम भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19