काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ।
कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार सन्दीप क्षेत्रीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २५० जना बरिष्ठ अभिकर्ताहरुलाई घलेगाउँ भ्रमण गराइएको थियो। घलेगाउँ भ्रमणका क्रममा त्यहाँका स्थानीय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै मनोरम दृश्य अवलोकनसमेत गराइएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो।
यसका साथै कलाकार सन्दीप क्षेत्रीसँग अभिकर्ताहरुलाई साक्षात्कार गराउने उदेश्यले घलेगाउँ भ्रमणपश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउँदै योजनामा छनौट हुन सफल हुनु भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाइ ज्ञापन गरेका थिए।
समापन कार्यक्रममा कलाकार सन्दीप क्षेत्रीको एकल मनोरञ्जानात्क प्रस्तुति रहेको थियो। क्षेत्रीको प्रस्तुतिबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास सहभागी अभिकर्ताहरुले व्यक्त गरेका थिए।
यसका साथै अभिकर्ताहरुले नेपालका राष्ट्रिय चर्चित कलाकारसँग साक्षात्कार गर्ने अवसर जुराइएकोमा कम्पनीप्रति आभारसमेत व्यक्त गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19