काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले हकप्रद सेयर निश्कासनको क्रममा बिक्री नभएको सर्वसाधारण समूहतर्फको २ लाख ७८ हजार बढी कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारण समूहतर्फको २ लाख ७८ हजार १ सय १९.३४ कित्ता सेयरको लिलामी कात्तिक १५ देखि खुलाउने भएको हो । 

केही समयअघि यो कम्पनीले ६० प्रतिशत हकप्रद निश्कासन गरेको थियो । सो क्रममा सेयरधनीले नकिनेको सेयर लिलामीमा आउन लागेको हो । 

इच्छुक लगानीकर्ताले कात्तिक १५ देखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

कम्पनीको सेयर लिलामीमा बोल लगाउँदा प्रति कित्ता न्यूनतम १०० रुपैयाँ मूल्य राख्नुपर्नेछ भने न्यूनतम पनि १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

लिलामी प्रक्रियाका लागि एनआइबिएल एस क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री  मूल्य प्रतिकित्ता ६९५ रुपैयाँ रहेको छ।