काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लहान शाखाबाट रु. २५ लाखको घातक रोग दाबी भुक्तानी गरिएको छ।
आज सिरहाको सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम रु २५ लाख बीमांक रकमबापत भुक्तानी गरिएको कम्पनीले जनाएको छ। पोद्दारले २०७६ असोज २७ गते रु. २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन्।
दाबीभुक्तानी कार्यक्रममा शाखा प्रमुख सञ्जयकुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो। बीमा दाबीभुक्तानी लिँदै गर्दा बीमित पोद्दारका भतिजा गोविन्द अग्रवालले घातक रोग दाबीभुक्तानी सरल र सहज रुपमा पाएको बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19