काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी(एनएचपिसी) लिमीटेड ५० प्रतिशत हकप्रद सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

बोर्डले सो कम्पनीको आवेदनलाई हकप्रदको पाइपलाइनमा राखेको छ । 

यो कम्पनीले ८२ करोड २१ लाख मूल्य बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गर्न चाहेको हो । 

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड रहेको छ । प्रस्तावित हकप्रद निश्कासनको स्वीकृति पाए चुक्तापूँजी बढेर २ अर्ब ४६ करोड पुग्नेछ । 

हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमीटेड रहेको छ । 

हाल दोश्रो बजारमा यो कम्पनीको सेयर प्रतिकित्ता रु. २०० हाराहारीमा कारोबार भइरहेको छ ।