काठमाण्डौ ।नेशनल लघुवित्त वित्तीय संस्थाले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई आर्थिक सहयोग गरेको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितका लागि आठबिसकोट नगरपालिकालाई हालै ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीका कार्यकारी निर्देशक रामबहादुर यादवले नगर प्रमुख रबि केसीलाई चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी, कम्पनीले दार्मा गाउँपालिका भूकम्प पीडितका लागि पनि ४ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै बागचौर शाखा सल्यानका ६८१ जना सेवाग्राहीलाई २१ लाख ५४ हजार  रुपैयाँ हस्तारण गरिएको छ ।

यस्तै आठबिसकोट शाखा रुकुमपश्चिमका ३७० जनासेवाग्राहीलाई ११ लाख ६४ हजार तथा शेरेगाउँ शाखा रुकुमपश्चिमका २५० जना सेवाग्राहीलाई ७लाख ५६ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।


भूकम्पबाट प्रभावित भएका नगरवासीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको कार्यकारी निर्देशक यादवले बताए।

कम्पनीले ग्रामीण वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।

कम्पनीले हाल २०६ वटा शाखा कार्यालयमार्फत ७४ जिल्लाका २ लाख ५० हजार घरधुरीमा सेवा प्रवाह गरिरहेको बताएको छ ।