काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड २८ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
यसका लागि नेष्डो समृद्ध लघुवित्त र ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा संस्थाका तर्फबाट कार्यकारी अध्यक्ष विश्वप्रकाश प्रसाई र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।
पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको संस्थामा दुईवटा संस्था र ८१ जना संस्थापक सेयरधनीबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ ।
वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ७८ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँंदै आइरहेको छ ।
विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई काम गर्दै आइरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फागुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाका रुपमा इजाजत प्राप्त गरेसँगै वित्तीय कारोबार गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago