 
                     
                                
                             
                                    काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज चैत १४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ।
यो लघुवित्त आईपीओ हिजो चैत १३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।
नेप्सेमा कुल २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १७ लाख २१ हजार २५० कित्ता (६७.५ प्रतिशत) र सर्वसाधारणको ८ लाख २८ हजार ७५० कित्ता (३२.५ प्रतिशत) रहेका छन्।
नेप्सेले यो लघुवित्तलाई नेष्डो (एनईएसडीओ) कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले नेष्डोलाई न्यूनतम २६०.८४ रुपैयाँदेखि अधिकतम ७८२.५२ रुपैयाँ तोकेको थियो। आज स्पेसल प्रि–सेसनमा यो लघुवित्तको सेयर प्रतिकित्ता ७४७.७० रुपैयाँमा किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।
नेष्डोले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।
यो आईपीओको बाँडफाड गत फागुन २४ गते भएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19