काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज मंगलबार गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज दिउँसो साढे १ बजे नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको जमलस्थित होटेल एल्लो प्यागोडामा राखिएको थियो।
यो संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।
संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो।
क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो। तीमध्ये ४ हजार ११६ जनाको आवेदन रद्द भएका छन् भने २५ लाख २२ हजार ९५५ आवदेकको आवेदनमात्र सदर भएको छ। मागभन्दा बढीको आवेदन परकोले सदर आवेदकमध्ये गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले सेयर पाएका छन्। दोस्रो चरणको गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्ये ३ जनाले थप १–१ कित्ताको दरले सेयर पाएका छन्। आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६४५ जना आवेदकको हात खाली भएको छ।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।
आईपीओको नतिजा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com तथा सीडीएससीको iporesult.cdsc.com.np र सीडीएससीकै मेरो सेयर वेबसाइटबाट पनि हेर्न सकिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago