काठमाण्डौ । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक स्थिर रह्यो ।
नेपाल धितोपत्र बोर्डमा नवनियुक्त अध्यक्षको पर्खाइ र बोर्डमा आउने नयाँ अध्यक्षबाट पूँजीबजार विकास र विस्तारका लागि चालिने प्रयासको व्यग्र प्रतीक्षामा लगानीकर्ताहरु रहेका छन् । लगानीकर्ताहरुलाई उत्साहित र मनोबल बढाउने नीति तथा गतिविधि नहुँदा र बैंकिङ च्यानलमा तरलता अभाव भई ब्याजदरसमेत बढ्न थालेपछि यसले बजारको गतिविधिलाई सुस्त बनाइदिएको छ ।
अर्कोतर्फ बजारका लगानीकर्ताहरुलाई सम्पत्ति शुद्धीकरणको बोर्डको त्रासले सेयरमा लगानी विकर्षणतर्फ मोडिँदा पूँजीबजारको ओरालो यात्रा निरन्तर छ ।
यसैगरी अधिकांश सूचीकृत कम्पनीहरुले धमाधम वार्षिक साधारणसभाबाट लाभांश पारित गरेसँगै नेप्सेले ती कम्पनीका सेयरमूल्यमा समायोजन भइरहनु र बियरिस ट्रेन्डमा रहेको बजारमा बम्पर लाभांशले समेत लगानीकर्ताहरु नझुम्मिएका कारण नेप्से सूचकांक केही समययता सरल रेखामा नै दौडिरहेको छ ।
नेप्से परिसूचकमा यो दिन ०.८६ विन्दूको झिनो गिरावट आएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा बिक्रीचाप देखिएको छ ।
यहीकारण सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इन्डेक्स ०.०२ अंकले घटेको छ ।
यो दिन बैंकिङ समूह १.१३ अंक, व्यापार समूह १३.९९ अंक र जलविद्युत समूह २.१८ अंकले बढेको छ।
आजको दिन होटेल्स्, विकास बैंक, वित्त, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बिमा र म्युचुअल फन्ड क्रमशः ८.८, ३.८३, ०.६, ३.७, ४.१, २.०७, १.०४, ६४.०१ र ०.०८ अंकले गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६४ कम्पनीका ८ लाख २६ हजार ३६८ कित्ता सेयर २३ करोड २२ लाख ५९ हजार ३३१ रुपैयाँमा किनबेच भएको छ ।
आजको दिन करोड क्लबमा चारवटा कम्पनीहरुले कारोबार गर्न सफल भए। जसमा एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त र एनआईसी एसिया बैंकले क्रमशः १ करोड ९३ लाख, १ करोड ३५ लाख, १ करोड ११ र १ करोड ७ लाख रुपैयाँबराबरको कारोबार गरे ।
त्यस्तै करोडभन्दा मुनि उच्च कारोबार गर्ने कम्पनीहरुमा साल्ट ट्रेडिङ कर्पोरेसन, सेन्चुरी कमर्सियल बैंकको संस्थापक सेयर, ग्लोबल आईएमई लघुवित्त, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले क्रमशः ८८ लाख ८७ हजार, ८१ लाख ६५ हजार, ७५ लाख ३४ हजार, ७२ लाख ६८ हजार, ६९ लाख १५ हजार र ६३ लाख ६८ हजार रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा नेसनल माइक्रोफाइनान्स लघुवित्त र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा धेरै कमाए । नेसनल माइक्रोफाइनान्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढ्यो भने माहुली सामुदायिक लघुवित्तको मूल्यमा ७.८३ प्रतिशतको बढोत्तरी भयो ।
यो दिन अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ६.५५ प्रतिशतले गिरावट आयो भने शाइन रेसुंगा विकास बैंक, आँखुखोला जलविद्युत र आईएमई जनरल इन्स्योरेन्स कम्पनीका सेयरमूल्यमा ५ प्रतिशतभन्दा बढीले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago