काठमाण्डौ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा २८ अर्ब ११ करोड १८ लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता गरिएको छ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा १९२ वटा उद्योगमा उक्त रकमबराबरको एफडीआई प्रतिबद्धता गरिएको हो। चैतमा मात्रै ३३ वटा उद्योगमा ७ अर्ब ५५ करोड १८ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको विभागले जनाएको छ।
यसैगरी यो ९ महिनाको अवधिमा १९२ वटा उद्योगमा १० हजार ९२७ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ। जसमा चैतमा मात्रै १ हजार ४४९ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ।
विभागका अनुसार स्वदेशी तथा विदेशी गरी साउनदेखि चैत महिनासम्म २१६ वटा उद्योगमा १ खर्ब ८० अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यस्तो प्रतिबद्धता चैत महिनामा मात्रै ३३ वटा उद्योगमा २५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
यी २१६ उद्योगमा १६ हजार ३६० जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ। जसमा चैतमा मात्रै ३ हजार ५१२ जनालाई रोजगारीको प्रस्ताव गरिएको विभागले जनाएको छ।
साउनदेखि चैतसम्म ६ वटा पेटेन्ट, ११ वटा डिजाइन र २ हजार १७४ वटा ट्रेडमार्क दर्ता भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19