काठमाण्डौ । उद्योग विभागमा ९०० जनालाई रोजगारी दिने प्रतिबद्धतासहित ८ दिनमा १४ वटा उद्योग दर्ता भएका छन्।
विभागका अनुसार भदौ २ गतेदेखि भदौ ९ गतेसम्म यी उद्योग दर्ता भएका छन्। स्वदेशी तथा विदेशी लगानीका यी उद्योगले ९०० जनालाई रोजगारी दिने प्रतिबद्धता गरेको विभागले जनाएको छ।
विभागका अनुसार यी १४ वटा उद्योगमा १० अर्ब ६७ करोड ४९ लाख रुपैयाँ लगानीको प्रतिबद्धता जनाइएको छ।
यी उद्योग बारा, कपिलवस्तु, गोरखा, सुनसरी, ताप्लेजुङ, काठमाण्डौ, रुपन्देही, सोलुखुम्बु र मोरङ खोल्ने तयारी भइरहेको विभागले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19