काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा बिहान ९ बजे आयोजित कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।
यो आईपीओमा कुल २२ लाख ५५ हजार ८४ आवेदकबाट २ करोड ७० लाख ८९ हजार १५० कित्ता सेयर माग भएको थियो। जसमा १३ हजार ९४६ आवेदकबाट माग भएको कुल १ लाख ८४ हजार ७० कित्ता सेयर बदर भएको छ।
क्यापिटलका अनुसार २२ लाख ४१ हजार १३८ आवेदकबाट परेको २ करोड ६९ लाख ५ हजार ८० कित्ता सेयरमात्र सदर भएको छ। सदर आवेदकमध्ये २ लाख ९ हजार २५० आवेदकले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन्।
यो आईपीओको नतिजा केही घन्टापछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ। आईपीओ अन्तिम नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा, ग्लोबल आइएमई क्यापिटल र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ।
यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago