काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले सेयर रजिस्ट्रार (आरटीएस) मा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार कात्तिक २५ गते लागू हुने गरी एनएमबि क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। योसँग अब एनएमबि क्यापिटलले कम्पनीको धितोपत्र कारोसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालाहरुको लगग अद्यावधिक गरी राख्नेसम्बन्धी काम सबै काम गर्नेछ।

न्यादी हाइड्रोपावरले गत असोजको दोस्रो साता कुल २२ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड गत कात्तिक ५ गते भएको थियो।

आईपीओ बिक्री प्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो।

यसैबीच न्यादी हाइड्रोपावरको आईपीओ अर्को साता नेप्सेमा सूचीकरण हुने सम्भावना रहेको छ। एनएमबि क्यापिटलका अनुसार नेप्सेमा न्यादी हाइड्रोपावरको आईपीओ सूचीकरणका लागि आवश्यक कामहरु भइरहेको छ। सम्भवतः अर्को सातासम्म नेप्सेमा सेयर सूचीकृत हुन सक्ने क्यापिटलका एक अधिकारीले बताए। 

कुनै पनि कम्पनी सेयर नेप्सेमा सूचीकृत भएको दिनको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने गरेको छ। यदि यो कम्पनीले सेयर आउँदो बुधबारभित्र सूचीकृत भएमा अर्को साताबाटै सेयर कारोबारमा आउने सम्भावना पनि रहेको छ।