काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ यही साताभित्रै नेप्सेमा सूचीकरण हुने भएको छ। 

न्यादी हाइड्रोपावरको आरटीएस एनएमबि क्यापिटलका अनुसार आईपीओ सूचीकरणको नेपाल स्टक एक्सचेन्जमा आवश्यक कागजपत्र पुगिसकेको छ। ‘बुधबारअघि नै आईपीओ सूचीकरण सम्झौता भएमा यही साता बिहीबारबाट कारोबार आउन पनि सक्छ’, क्यापिटलका एक अधिकारीले भने।

नेप्सेका एक अधिकारीले ङादी हाइड्रोपावरको आईपीओ सूचीकरणका लागि डकुमेन्ट आइपुगेको बताए। ‘अहिले डकुमेन्ट अध्ययन गर्ने काम भइरहेको छ, सम्भवतः १–२ दिनभित्रै आईपीओ सूचीकरण सम्झौता हुन्छ’, उनले भने। 

न्यादी हाइड्रोपावरले गत असोजको दोस्रो साता कुल २२ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड गत कात्तिक ५ गते भएको थियो।

आईपीओ बिक्री प्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो।