काठमाण्डौ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आजबाट कारोबारमा आउन सकेन।
आज स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र किनबेच नभएपछि कारोबारमा आउन नसकेको हो।
नेप्सेमा हिजो न्यादी हाइड्रोपावरको कुल १ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ९ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको १५ लाख कित्ता र सर्वसाधारणको २५ लाख ५० हजार कित्ता रहेका छन्।
नेप्सेले यो कम्पनीलाई ‘एनवाईएडीआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ९४.१३ रुपैयाँदेखि अधिकतम २८२.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19