काठमाण्डौ । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। न्यूनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ। 

सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्यूनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो। उक्त कार्यदलमा कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेललगायत सदस्य थिए।

कार्यदलले यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई न्यूनतम साझा कार्यक्रम बुझाएको थियो। सोही न्यूनतम साझा कार्यक्रमलाई सामान्य परिमार्जन गरी सार्वजनिक गर्न लागिएको बताइएको छ।