काठमाण्डौ । मन्दीको मारमा पर्ने पीर गरिरहेका काठमाण्डौको न्यूरोड, असन लगायतका क्षेत्रका व्यापारीहरु उत्साहित भएका छन् ।
दसैँ नजिकिएसँगै बजारमा एकाएक चहलपहल बढेपछि व्यापारी व्यवसायी उत्साहित बनेका हुन् ।
दशैंको घटस्थापनाअघि बजारमा ह्वात्तै चहलपहल बढेको न्यूरोडका व्यापारीहरु बताउँछन् । न्यूरोड, असन, बागबजार, रत्नपार्क क्षेत्रका खुद्रा पसलदेखि ठूला सपिङ मलहरुमा समेत उत्साह बढेको देखिन्छ ।
असनका गल्लीहरु पनि दशैं किनमेल गर्ने सर्वसाधारणका कारण खचाखच भरिएका छन् ।
व्यापार व्यवसायमा एकाएक उत्साह फर्काउने गरी सर्वसाधारण किनमेलमा आएपछि न्यूरोड र आसपास क्षेत्रको यातायात व्यवस्थापन समेत भद्रगोल बनेको छ । न्यूरोड, सुन्धारा, रत्नपार्क, असन क्षेत्रमा सवारी लिएर जानेहरु घण्टौ जाममा फस्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन् ।
व्यापारीहरुले बिजशालासँग कुरा गर्दै बजारमा दसैँ रौनक सुरु भएको बताए । उनीहरुले गएका वर्षहरुमा जस्तै भीडभाड बढेका कारण आफूहरु उत्साहित बनेको समेत बताए ।
बाँकी फोटोमा हेर्नुहोस्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago