काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ।

पछिल्लो २४ घनटामा थप ७ हजार १३५ जना निको भएका छन्। निको हुनेको कुल संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ। 

यो अवधिमा १८५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ।